Friday, November 25, 2011

एकान्तमा - Mantra



एकान्तमा  किन  किन  तिम्रै  नै  याद  आउछ ...
सम्झनामा  अझै  पनि  आँखा  यो  किन  रसिनछ    
थाहा  छ  मलाई  तिमी आउदैनौ ,  तिमी कसैकी भैसकेछौ 
तर  किन  किन  फेरी  सम्झनछु,  नदुखेको  मुटुलाई  किन  दुखाउछु ???


एक्लै हिड्दा कैले काही तिमी साथमा  पाउछु 
हिड्दा हिड्दै  बोल्दा बोल्दै एक्लै पाउदा    झस्कन्छु
थाहा  छ  मलाई  यो  भ्रम हो, फेरी भेटिने  आशा नै छैन 
तर  किन  किन  फेरी  सम्झनछु,  नदुखेको  मुटुलाई  किन  दुखाउछु ???

कति छिटो बितेछन्  मिलनका ती पलहरु 
सम्झना मात्र रह्यो सपना सबै ओझेल पर्यो
एकान्तमा  किन  किन  तिम्रै  नै  याद  आउछ ...
सम्झनामा  अझै  पनि  आँखा  यो  किन  रसिनछ    
थाहा  छ  मलाई  तिमी आउदैनौ ,  तिमी कसैकी भैसकेछौ 
तर  किन  किन  फेरी  सम्झनछु  नदुखेको  मुटुलाई  किन  दुखाउछु ???


2 comments: